जस्तालाई त्यस्तै भन्दै पाकिस्तानले किन्यो लडाकु विमान

जस्तालाई त्यस्तै भन्दै पाकिस्तानले किन्यो लडाकु विमान

पाकिस्तानले चीनबाट २५ वटा मल्टिरोल जे–१० सी सिरिजका लडाकु विमानहरूको पूर्ण स्क्वाड्रन खरिद गरेको छ । स्क्वाड्रन मूलतः लडाकु विमानहरुमा प्रयोग हुने सेटलाई बुझाउँछ ।

भारतले हालै फ्रान्सबाट खरिद गरेको राफेल लडाकु विमानको जवाफमा पाकिस्तानले चीनमा निर्मित २५ मल्टिरोल जे–१० सी लडाकु विमान किनेको हो ।

त्यहाँका आन्तरिक मन्त्री शेख रसिद अहमदले आफ्नो गृहनगर रावलपिन्डीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मार्च २३ मा आयोजना हुने पाकिस्तान दिवसमा लडाकु विमानहरूको फ्लाईपास्ट अर्थात विशेष उडान गर्ने अपेक्षा राखिएको बताएका छन् ।

जे–१० सी विमान खरिद कार्य गत वर्ष पाकिस्तान र चीनबीच भएको संयुक्त सैनिक अभ्यासको एक हिस्सा भएको प्राप्त समाचारमा जनाइएको छ । जहाँ पाकिस्तानका सैन्य विज्ञहरूले लडाकु विमानको उडानलाई नजिकबाट हेर्ने मौका पाएका थिए ।

टिप्पणीहरू