राजधानीको तरकारी बजारमा लागुऔषध कारोबार

राजधानीको तरकारी बजारमा लागुऔषध कारोबार

राजधानी काठमाडौंका तरकारी बजारमा समेत लागुऔषधको कारोबार हुन थालेको छ ।

कोटेश्वरको नरेफाँटस्थित तरकारी बजारमा प्रहरीले लागुऔषध बिक्रीको लागि बसेका एक जनालाई पक्रेपछि उक्त रहस्य खुलेको हो ।

मानिसको भीडभाड बढी हुने त्यस्तो बजारमा प्रहरीको निगरानी कम हुने भएकाले तरकारी बजारमा लागुऔषधको बिक्री वितरण हुन थालेको आशंका गरिएको छ ।

२ सय ८६ एम्पुल नुर्फिन, २ सय ९२ एम्पुल फेनारगन, २ सय ८४ एम्पुल डाईजेपामसहित तारकेश्वर नगरपालिका–११, लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका–४ का ४६ वर्षीय लेखबहादुर तामाङ हिजो त्यहाँबाट पक्राउ परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

टिप्पणीहरू