सहमति खोज्न बन्दसत्र स्थगित

सहमति खोज्न बन्दसत्र स्थगित

नेकपा (माओवादी केन्द्र)को महाधिवेशनको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ । केन्द्रीय कमिटी चयनका लागि सहमति खोज्न बन्दसत्र स्थगित गरिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि ५ बजेसम्म अध्यक्ष मण्डललाई समय दिने बताएपछि बन्दसत्र स्थगित भएको हो । बन्दसत्रमा बोल्दै प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयन गर्ने पहिलो प्रयास हुने र सहमतिबाट हुन नसके लोकतान्त्रिक विधिमार्फत चयन गरिने पनि बताउनुभयो ।

त्यसअघि पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन भएको थियो । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझावसमेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो ।

टिप्पणीहरू