आज किन धार्मिकस्थलमा मान्छेको भीड ?
आज नेपालका उत्तरगया भनेर चिनिने विभिन्न धार्मिकस्थलमा भक्तजनहरुको घुईंचो लागेको छ । आज पौष कृष्ण औँसीका दिन भएकाले ती ठाउँमा भक्तजनहरुको भीड लागेको हो ।
आज हिन्दुधर्मावलम्वीहरुले गयाश्राद्ध गर्ने भएकाले ती तीर्थस्थलमा मानिसको भीड लागेको हो । सूर्य दक्षिणायनको अन्तिम औँसीमा पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने प्रचलनअनुसार गयाश्राद्ध गरिएको पुरोहितहरुले बताएका छन् ।
आज काठमाडौंको गोकर्ण, चितवनको देवघाट र त्रिवेणीधाम, गुल्मीको रिडी, नुवाकोट र रसुवाको संगममा रहेको बेत्रावती, सुनसरीको बराहक्षेत्र, विष्णुपादुकालगायत तीर्थस्थलमा श्राद्ध गर्नेहरुको भीड लागेको हो ।
भोलिदेखि सूर्य नेपाललगायत पृथ्वीको उत्तरी गोलार्धतर्फ फर्किने मान्यता छ । यो क्रम शुरु भएर असार अन्तिम सातासम्म जारी रहन्छ । अहिले पृथ्वीको दक्षिणी गोलार्धमा गर्मी छ ।
टिप्पणीहरू