विश्वभर ४४ सय उडान रद्द, अमेरिकामा मात्रै २५ सय बढी
हिजो २४ घण्टामा विश्वभर ४४ सय उडान रद्द भएका छन् । तीमध्ये २५ सय बढी अमेरिकामा मात्रै भएको हो ।
अंग्रेजी नयाँ वर्ष र क्रिसमसको बिदामा भएको उडान रद्दले पश्चिमा राष्ट्रका विमानस्थलमा मानिसको भीड लागेको थियो । कोभिड संक्रमणको त्रास र खराब मौसमका कारण विश्वभरि एकै दिन त्यति धेरै उडान रद्द भएका हुन् ।
यात्रुको भीड लागेपछि अधिकांश मुलुकमा कोरोना संक्रमणबाट विमान र उडानसँग सम्बद्ध कर्मचारीलाई जोगाउन धौ धौ परेको अमेरिकी रिपोर्टहरुमा उल्लेख छ । अमेरिकामा भने ठूलो हिमपातका कारण उडान अवरुद्ध भएको हो ।
युनाइटेड एअरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खराब मौसम र ओमिक्रोनको सन्त्रासका कारण धेरै उडान रद्द गरिएको छ । हामीले यात्रुहरुलाई सकेसम्म उडान रद्दको पूर्वजानकारी दिएर भए पनि विमानस्थलमा भीड हुनबाट रोकेका छौं ।’
टिप्पणीहरू