मनोमानी शुल्क असुल्ने मेडिकल कलेजमाथि कारवाहीको तयारी
विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजमाथि कारबाही हुने भएको छ । आज १२ जिल्लाका सिडिओलाई पत्र लेख्दै गृहमन्त्रालयले विभिन्न बहानामा विद्यार्थीसँग मनोमानी शु:ल्क उठाउने कलेजहरुलाई कारवाही गर्ने निर्देशन दिएको हो ।
काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, धनुषा, पर्सा, चितवन, कास्की, रूपन्देही, बाँके र जुम्लाका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर गृहले कारवाही थाल्न निर्देशन दिएको हो । गृहको यस्तो निर्देशनसँगै चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग्दै विद्यार्थीहरुमाथि दबाब दिदैं आएका ति जिल्लामा संचालित मेडिकल कलेजहरु अब कारवाहीमा पर्ने भएका हुन्।
मेडिकल कलेजहरुले अतिरिक्त शुल्क नबुझाए पठनपाठनसमेत गर्न नदिने विद्यार्थीहरुलाई चेतावनी दिएपछि मन्त्रालय तातेको हो ।
यसअघि मेडिकल कलेजले मागेअनुसारको शुल्क नबुझाएको भन्दै विद्यार्थीहरुलाई कक्षाकोठाबाट बाहिर निकालेको थियो । विद्यार्थी रअविभावकले मेडिकल कलेजले गरेको अत्याचारबारे गुनासो गर्दै आएका थिए ।
आफ्नो जिल्लाभित्र रहेका मेडिकल कलेजहरूले विद्यार्थीसँग कानुन विपरीत अतिरिक्त शुल्क लिए/नलिएको बुझ्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आदेशसमेत दिएको छ । साथै, बढी शुल्क लिएको पाइएमा त्यस्ता कलेजहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गर्न पनि भनिएको छ ।
टिप्पणीहरू