मण्डलामा २२ दलीय मोर्चा गर्जियो
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौताविरुद्ध लगातार आन्दोलन गरिरहेको २२ दलीय मोर्चाले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।
एमसीसी सम्झौता खारेजीको माग गर्दै विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २२ दलीय मोर्चाले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
सो क्रममा प्रदर्शनकारीहरुले ‘राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’, ‘वैदेशिक हस्तक्षेप मूर्दावाद’, ‘देश बेच्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।
विरोध प्रदर्शनलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन भए नेपालमा अमेरिकी सेना आउन सक्ने भएकाले खारेजीको विकल्प नभएको बताए ।
नेपाल बसेर चीनविरोध गतिविधि गर्न अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न लागेको उनको भनाइ छ ।
टिप्पणीहरू