सीके राउतका पाँच कार्यकर्तालाई गोली लाग्यो, दुईको अवस्था गम्भिर
सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । गोली लागेका मध्ये दुईजनाको अवस्था गम्भीर छ भने तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताउनुभयो । उहाँका अनुसार, ‘राजमार्ग अवरुद्ध गर्न पाईंदैन ।
उनीहरूले राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयौं ।’ स्थिति नियन्त्रणमा लिन ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू