प्रचण्डद्वारा आफ्ना नेताहरुको नाम प्रस्तुत

प्रचण्डद्वारा आफ्ना नेताहरुको नाम प्रस्तुत

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको छ । काठमाडौँमा जारी महाधिवेशनअन्तर्गत आजको बन्दसत्रमा प्रचण्डले २३६ जना केन्द्रीय सदस्यहरुको नाम अनुमोदनका लागि प्रस्ताव गर्नुभएको हो ।

यसअघि बन्दसत्रलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय कमिटी समावेशी बनाउनु परेका कारण कतिपय योग्य नेताहरु छुट्न पुगेको बताउनुभएको थियो ।

प्रचण्डले प्रस्ताव गरेको नाम बन्दसत्रबाट अनुमोदन नभएमा निर्वाचन हुनेछ । त्यसका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

माओवादीको विधानमा कूल २९९ सदस्यीय केन्द्रीय कमिटी हुने व्यवस्था छ । जसमध्ये विभिन्न क्लस्टर मिलाएर प्रचण्डले २३६ जनाको नाम बन्दसत्रमा प्रस्तुत गर्नुभएको हो ।

टिप्पणीहरू