योजना आयोगका पूर्वउपाध्यक्षलाई आफ्नै गाउँपालिकाद्वारा बहिष्कार
नेपाली काँग्रेस प्युठानको नौबहिनी गाउँपालिका कमिटीले केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई कारवाही गरेको छ । हालै सम्पन्न काँग्रेस प्युठानको निर्वाचनको क्रममा भएको झडपमा मौन बसेको भन्दै डा. पोखरेललाई कारवाही गरिएको हो ।
पार्टीले पोखरेललाई नौबहिनी गाउँपालिकामा हुने कुनै पनि कार्यक्रममा समावेश हुन नपाउने गरि कारवाही गरेको हो । नेपाली काँग्रेस नौबहिनी गाउँपालिकाका अध्यक्ष देवीराम पुनको अध्यक्षतामा गत शुक्रबार बसेको बैठकले उनलाई बहिष्कार गर्ने निर्णय गरिएको माइन्युट नै सार्वजनिक भएको छ ।
डा. पोखरेलमाथि गत मंसिर ७ गते भएको जिल्ला निर्वाचनको मतगणनाको क्रममा भएको झडपमा मौन बसेको, पार्टी कार्यकर्तालाई आतंककारी भनेको, झडपमा घाइते भएकाहरुमाथि सहानुभूति समेत व्यक्त नगरेको भन्दै बहिष्कार गरिएको जनाइएको छ ।
टिप्पणीहरू