माओवादी केन्द्रको अध्यक्षमा फेरि प्रचण्ड,पदाधिकारी पछि
नेकपा (माओवादीको केन्द्र) को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड दोहोरिनु भएको छ । आज बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
सानेपा हाइटस्थित हेरिटेज पार्टी प्यालेसमा जारी आठौं महाधिवेशनपछिको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरेको र उक्त प्रस्ताव सर्वसम्मत अनुमोदन भएको बताइएको छ ।
केन्द्रीय कमिटी बैठकले अध्यक्षबाहेकका अन्य पदाधिकारी भने चयन गरेको छैन ।
टिप्पणीहरू