एन्जिना कार्कीलाई गीता श्रीमानको सोधाइ-ठगेर खान लाज लाग्दैन ?

एन्जिना कार्कीलाई गीता श्रीमानको सोधाइ-ठगेर खान लाज लाग्दैन ?

‘एउटी महिला पत्रकार यस्तो हर्कत् गर्ने ? लाज हुँदैन ? जी न्युजको नेपाल संवाददाता भएर यस्तो ठगी कार्यमा संलग्न हुन लाज लाग्दैन ? मिहेनत गरे खानु पर्दैन ?’ यो प्रश्न हिजो काठमाडौं जिल्ला अदालतमा महिला श्रीमान् गीता श्रेष्ठले महिला पत्रकारको भेषमा करोडौं ठगी गरेकी एन्जिना कार्कीलाई सोध्नुभएको हो ।

जिल्ला अदालत,बबरमहलमा हिजो दिउँसो न्यायाधीश गीता श्रेष्ठले ठगी (आपराधिक लाभ) मुद्दामा २८ दिनदेखि प्रहरी हिरासतमा रहेकी मौखिक पत्रकार एञ्जिना कार्कीलाई अदालतमा उपस्थित गराएर बयान लिने क्रममा उक्त प्रश्न सोध्नुभएको हो । हिजो बयान नसकिएकाले कार्कीविरुद्धको थुनछेक बहस आज बिहान ११:३० बजे पुनः हुँदैछ । उनले प्रहरीमा दिएको बयान सरकारी वकिलकोमा फेरेपछि पुनः बयान गराइएको हो ।

एउटी महिलाको त्यो तहको हर्कतको बदमासी देखेर बयानको क्रममा न्यायाधीश नै छक्क पर्नुभएको थियो । प्रहरी हिरासतमा रहेको २९ दिन भएकाले सम्भवतः आज उनीविरुध्द पुर्पक्ष या ठगीको सबै रकम फर्काउन आदेश हुनेछ ।


हिजोको बयानको क्रमलाई नजिकबाट नियालेका एक जना कानुन व्यवसायीले भने,‘अदालतले क्रस प्रश्न सोध्नुपर्ने सरकारी वकिललाई हो । तर,न्यायाधीशले उल्टै कार्कीलाई सोधेको सोध्यै गर्नुभयो । उहाँले बयान उल्टोपाल्टो गरेकोमा फेरि फेरी गाडी चढ्ने ती महिला पत्रकारलाई र्याख्र्याख्ती पार्नुभयो ।’ बयानको क्रममा न्यायाधीशले एकपटक सोध्नु पनि भयो, ‘तपाईं सर्वसाधारण महिला हो ? यत्तिको पढेको,बुझेको मान्छेले मिहिनेत गरेर खानु पर्दैन ? ठग्दै हिँड्ने हो ?’

प्रहरी स्रोतका अनुसार आज सम्भवतः कार्कीलाई पुर्पक्षको लागि थुनामा लैजाने आदेशको सम्भावना छ । उनको तर्फबाट प्रजातान्त्रिक कानून ब्यवसायी सङ्गठन डिएलएका अध्यक्ष योगेन्द्र अधिकारी कानुन व्यवसायी छन् । वादीको तर्फबाट भने कानुन व्यवसायी एकराज पोखरेल छन् ।

यसबीच कार्कीले मुद्दाको लफडाबाट जेल जानुभन्दा मिल्नु बेस भन्ने आशयले ठगीका उजुरीकर्ताहरुसँग ‘बरु मिल्नुपर्यो’ भन्नेसम्मको प्रस्ताव राखेको बुझिएको छ । उनले मिल्ने क्रममा आफूले जति रकम ठगेको हो त्यसको दोब्बर दिन मञ्जुर भएको बताएकी छन् ।

तर कार्कीको सिलसिलेवार ठगी धन्दाको उक्त अपराधलाई करार गर्नुपर्नेमा वादीपक्ष अडिग भएपछि कार्कीको केही सीप नलागेको हो । यसबीचमा सरकारी वकिलहरुले पनि यस्तो गम्भीर अपराधमा मिल्न नहुने भनाइ राखेपछि वादीपक्षले मुद्दा फिर्ता लिने सम्भावना देखिँदैन । उनीहरु कार्कीको धन्दाको कारण जसरी पनि अपराध करार हुने भएकाले ढुक्क देखिन्छन् । ३ बर्षदेखि ठगेरै गुजारा चलाउने यो सजिलो धन्दामा सजिलै उन्मुक्ति दिइए महिलाले महिलाप्रति कोमल भाव राखेर पीडित पुरुषहरुलाई थप पीडित बनाएको ठहर हुने र पत्रकारितासङ्गै न्यायालय पनि बदनाम हुने नागरिक समाजको धारणा रहेको पाइन्छ ।

उक्त मुद्दामा संलग्न सरकारी वकिलहरुका अनुसार यस्तो अक्षम्य अपराधमा महिला संलग्न भएको नाताले ‘महिलाप्रति सहानुभूति राख्नुपर्ने कुनै ठाउँ देखिँदैन ।’ ठग पत्रकार निकटहरुले भने महिला न्यायाधीशको बेञ्चमा मुद्दा परेकाले कार्कीले उन्मुक्ति पाउने प्रचार गरेको देखिन्छ । त्यससम्बन्धमा प्रहरीले भनेको छ, ‘संगठित अपराधमा संलग्न जोसुकैले पनि महिला भएको आधारमा उन्मुक्तिको आशा राख्नु बेकार हो ।’

ललितपुरको भैंसेपाटीमा स्वीमिङ पुलसहितको अपार्टमेन्ट र फेरिफेरि महंगो गाडी चढ्ने अनि अनलाइनबाट छरपष्ट पारिदिन्छु भनी ठाडै डिल गर्ने सोलुखुम्बुकी एन्जिनाको आर्थिक प्रगति देखेर साथीहरू पनि छक्क पर्थे । तर,पछि थाहा भयो,उनको पेशा पत्रकारिता भनिए पनि कामचाहिँ पैसा असुली रहेछ ।

ठग्नका लागि पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्कीदेखि,कामू प्रधानसेनापति बालाराज कार्की र गायक आनन्द कार्कीसम्मलाई आफन्त बताउने र ठगिने मान्छेलाई भारतीय जासुसी सँस्था ‘र’ लगायत विभिन्न व्यक्ति र संस्थाको नाम लिएर धम्क्याउनेसम्मको काम गर्ने गरेको पीडितहरू बताउँछन् ।

कार्की ठगीको पैसाले ललितपुरको भैंसेपाटीमा स्वीमिङ पुलसहितको आलिशान अपार्टमेण्टमा बस्छिन् । फेरिफेरि महंगो गाडी चढ्ने गर्छिन् ।

टिप्पणीहरू