चीनमा पनि कर्फ्यु

चीनमा पनि कर्फ्यु

चीनको युचौ सहरमा कर्फ्यु घोषणा गरिएको छ । तीन जनामा कोभिड संक्रमण देखिएपछि हेनान प्रान्तको युचौमा कर्फ्यु लगाइएको हो ।
१२ लाख जनसंख्या भएको सहरका सबै नागरिकलाई घरभित्रै बस्न भनिएको छ ।

कोरोना संक्रमणको आशंकामा यसअघि नै सहरका सपिङ मल, म्युजियम र पर्यटकीय क्षेत्रहरु बन्द गरिएका छन् ।

चीनमा आज थप एक सय ७५ जनामा कोभिड संक्रमण देखिएको छ । तीमध्ये पाँच जना हेनान प्रान्तका छन् ।

युरोप र अन्य देशको तुलनामा चीनमा कोभिड संक्रमितको संख्या निकै थोरै छन् । तर पछिल्ला दिनमा फैलिएको संक्रमण दरले खतराको घण्टी बजाएको भन्दै सरकारी अधिकारीहरुले आवश्यक सतर्कता अपनाएका हुन् ।

चीनमा एक महिनापछि हिउँदे ओलम्पिक हुँदैछ । ओलम्पिक अगाडि संक्रमण दरलाई शून्यमा झार्ने चीन सरकारको तयारी रहेकाले उक्त सतर्कता अपनाइएको हो ।

टिप्पणीहरू