निर्वाचन आयोगको आदेश माओवादीले नमान्ने
नेकपा (माओवादी केन्द्र)ले आफ्नो विधानबाट ‘साम्यवाद’,‘वर्गसंघर्ष’ जस्ता शब्दावली नहटाउने भएको छ । ति शव्दावली नहटाए पार्टी विधान दर्ता नगर्ने निर्वाचन आयोगको आदेशलाई चुनौती दिँदै माओवादी केन्द्रको आठौँ महाधिवेशनले यस्तो निर्णय गरेको हो ।
आयोगले माओवादीको विधानमा उल्लेख ‘साम्यवाद’ र वर्गसंघर्ष’ शब्दावली सच्याउन भन्दै माओवादी केन्द्रलाई पत्र पठाएको थियो । तर, आयोगको कदमप्रति आपत्ति जनाउँदै माओवादीले कुनै जवाफ दिएको थिएन ।
हालै सम्पन्न आठौं महाधिवेशनवाट पारित समसमायिक प्रस्तावमा आयोगले संविधान विपरित विचारको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै कडा असहमति प्रकट गरिएको छ । प्रस्तावमा यसबारे आवश्यक कदम चाल्न नवनिर्वाचित केन्द्रीय समितिलाई निर्देशन पनि दिइएको छ ।
‘निर्वाचन आयोगले विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावनाविपरीत पार्टीको विधानमा केही उल्लेखित विचारमाथि अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन दिन्छ’ महाधिवेशनवाट पारित समसामयिक प्रस्तावमा भनिएको छ ।
टिप्पणीहरू