कार्यकर्ता थुनेकोमा माओवादी रुष्ट
नेकपा (माओवादी केन्द्र)ले जनयुद्धकालीन मुद्दामा आफ्ना तीनजना कार्यकर्तालाई पक्राउ गरी बन्दी बनाएको भन्दै आपत्ति जनाएको छ ।
माओवादीको हालै सम्पन्न आठौं महाधिवेशनबाट पारित समसमायिक प्रस्तावमा शान्ति सम्झौता विपरित आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै उनीहरुको रिहाइको मागसमेत गरिएको छ ।
मोरङका झलक भगत, गोरखाका विक्रम गुरुङ र कालीकोटका सिंहबहादुर शाहलाई जनयुद्धकालीन मुद्दा पक्राउ गरी बन्दी बनाएपछि माओवादीले औपचारिक रुपमै त्यसप्रति आपत्ति जनाएको हो ।
‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको क. झलक भगत, गोरखाका क. विक्रम गुरुङ र कालिकोटका क. सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यमाथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
माओवादी महाधिवेशनले ४५ वटा समसामायिक प्रस्ताव पारित गर्ने क्रममा कार्यकर्ता पक्राउ घटनालाई पनि सम्बोधन गरेको हो ।
टिप्पणीहरू