चुच्चे नक्सा किताबमा राख्न माओवादीको माग
नेकपा (माओवादी केन्द्र)ले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको पूर्ण नक्सा समेटेर नयाँ पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै यस्तो माग गरेको हो ।
‘यो महाधिवेशन कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’
माओवादीले पुष्पकमल दाहाल प्रचण्डलाई पुनः अध्यक्ष चयन गर्दै हिजो महाधिवेशन सम्पन्न गरेको थियो ।
टिप्पणीहरू