अमेरिकाले अरूलाइ बधाइ दिएन

अमेरिकाले अरूलाइ बधाइ दिएन

अमेरिकाले सत्तारुढ नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । माओवादी अध्यक्षमा पुनः निर्वाचित भएपछि नेपालस्थित अमेरिकी दूतावासले प्रचण्डलाई बधाई दिएको हो ।

माओवादीको हिजो सम्पन्न महाधिवेशनले यथास्थितिमा एमसीसी सम्झौता पारित नगर्ने निर्णय गरेको छ । उक्त निर्णयले पार्टी र अमेरिकासँगको सम्बन्ध बिग्रन सक्ने चर्चा भइरहेका बेला काठमाडौँस्थित अमेरिकी दुतावासले प्रचण्डलाई लगत्तै शुभकामना दिएको हो ।

पछिल्लो एक महिनामा मुलुकका प्रमुख राजनीतिक दलहरुले महाधिवेन गरेर नेतृत्व चयन गरेका छन् । तर अन्य दलका कुनै पनि अध्यक्षलाई अमेरिकाले यसरी बधाई दिएको छै्रन । मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पुसको पहिलो साता नेपाली काँग्रेस सभापतिमा शेरबहादुर निर्वाचित भए पनि अमेरिकाले औपचारिक बधाई दिएको थिएन ।

टिप्पणीहरू