अर्को खतरनाक भेरिएन्ट भेटियो
कोरोना भाइरस पत्ता लागेको दुई वर्ष बितिसक्दा पनि यसको समूल अन्त्य हुने उपचार विधि, औषधि र खोप पत्ता लागेको छैन । उल्टै नयाँ भेरिएन्टहरु फेला पर्न थालेका छन् ।
केही साताअघि दक्षिण अफ्रिकामा फेला परेको ओमिक्रोन भेरिएन्टभन्दा पनि आक्रामक भेरिएन्ट फ्रान्सका वैज्ञानिकहरुले फेला पारेका छन् ।
उनीहरूले कोरोना भाइरसको हालसम्मकै नयाँ स्वरुपको संक्रामक फेला पारेको बताइएको छ । यो स्वरूप (भेरिएन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसलाई आईएचयू नाम दिइएको छ । यो बी.१.६४०.२ भेरिएन्टलाई आईएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन् ।
उनीहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको दाबी गरेका छन् । यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका हुन् ।
फ्रान्सबाट केही हप्ताअघि मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए । संसारका अधिकांश भाग ओमिक्रोनको चपेटामा परेका बेला आइएचयू भेरिएन्ट फैलिने खतरा बढेको छ । बी.१.६४०.२ स्वरूप फ्रान्स बाहेक अन्य कुनै पनि देशमा फेला परेको छैन र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसमा अनुसन्धान शुरु गरेको पनि छैन ।
टिप्पणीहरू