कठ्याङ्ग्रिएर वृद्ध बिते

कठ्याङ्ग्रिएर वृद्ध बिते

सप्तरीमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको ज्यान गएको छ । महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको शीतलहरका कारण ज्यान गएको हो ।

ठाकुरको राति सुतेको समयमा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममताकुमारी यादवले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार गए राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछ्यानबाट नउठेपछि परिवारका सदस्यले हेर्दा कठ्याङ्ग्रिएर मृत्यु भएको रहेछ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले ठाकुरको मृत्यु के कारणले भयो भन्ने बारे आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।

टिप्पणीहरू