प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न क्याबिनेट डाकियो

प्रधानमन्त्रीको भ्रमणबारे छलफल गर्न क्याबिनेट डाकियो

पुस २५ गतेदेखि हुने प्रधानमन्त्रीको भारत भ्रमणको तयारीबारे छलफल गर्न क्याबिनेट बैठक बोलाइएको छ । अहिले दिउँसो साढे १ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेट बैठक डाक्नुभएको हो ।

बैठकमा प्रधनमन्त्रीको भारत भ्रमणका साथै अन्य विभिन्न विषयमा छलफल हुने बताइएको छ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका विषयमा पनि क्याविनेटमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पुस २६ गते हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा २५ गते भारत जाँदै हुनुहुन्छ ।

टिप्पणीहरू