डब्लुएचओले भन्यो ‘नयाँ भेरिएन्टको जोखिम छैन’
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले फ्रान्समा फेला परेको कोभिडको नयाँ भेरिएन्टको जोखिम नभएको जनाएको छ । उक्त भेरिएन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका हुन् ।
‘फ्रान्समा भेटिएको नयाँ भेरिएन्ट हाम्रो राडरमा छ । अन्यको तुलनामा यो त्यत्ति बढी जोखिमयुक्त छैन,’ डब्लुएचओका अब्दिल महमुदले भने ।
फ्रान्समा फेला परेको भाइरसलाई आईएचयु नाम दिइएको छ ।
टिप्पणीहरू