वडा कार्यालयमा मजदुरले ताला झुण्डाए

वडा कार्यालयमा मजदुरले ताला झुण्डाए

ज्यालाविहीन भएपछि कामदारहरुले वडा कार्यालयमा ताला लगाइदिएका छन् । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको हो ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

५० दिनसम्म काम गरेको ज्याला नपाएपछि तालाबन्दी गर्नुपरेको बताइएको छ । गत असार मसान्तमा मजदुरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म उनीहरुलाई ज्याला दिइएको छैन ।

मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि एक सय ३२ कामदार वडा नम्बर १ बाट छनोट भएका थिए । उनीहरु ज्याला नपाएसम्म ताला नखोल्ने अडानमा देखिएका छन् ।

तालाबन्दी गर्ने क्रममा ज्याला नपाएका ४८ महिला तथा पुरुष कामदार वडा कार्यालयमै पुगेका थिए ।

टिप्पणीहरू