मोटरसाइकल चोर्ने सबै प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोर्ने सबै प्रहरीको नियन्त्रणमा

वीरगञ्जमा मोटरसाइकल चोरी गर्ने क्रममा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । उक्त महानगरपालिकाका फरक फरक ठाउँमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गरेर भाग्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ बस्ने २० वर्षीय अवधेश महतो, सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तिवारी र बारा कोल्हबी नगरपालिका ९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् ।

सोही महानगरपालिका १५ शिरोमणि टोलमा डेरी बस्ने बारा सिम्रौनगढ नगरपालिका ४ घर भएका आर्यन गुप्ताले सोही ठाउँमा पार्किङ गरी राखेको प्रदेश २–०३–०१३ प २४५७ नम्बरको मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा महतो र तिवारीलाई अस्ति राति पक्राउ गरेको हो ।

यस्तै वीरगञ्ज महानगरपालिका १४ घण्टाघरस्थित सडक छेउमा सोही ठाउँ बस्ने दिलीप पाण्डेले पार्किङ गरी राखेको ना.२५ प ८६६९ नम्बरको मोटरसाइकल चोरी गरिरहेको अवस्थामा चौधरीलाई अस्ति दिउँसो फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुविरुद्ध जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

टिप्पणीहरू