‘लिभिङ टुगेदर’ का जोडी मृत फेला

‘लिभिङ टुगेदर’ का जोडी मृत फेला

तीन हप्तादेखि ‘लिभिङ टुगेदर’ मा बसेको एक जोडी मृत भेटिएको छ । राजधानीको बौद्ध राधाकृष्ण मन्दिर नजिकै बस्दै आएको उक्त जोडी गएराति आफ्नै कोटामा रगताम्य अवस्थामा मृत फेला परेको हो ।

संखुवासभाका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई एउटै कोठामा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानककारी दिनुभयो । पब्जी खेल्ने क्रममा प्रेममा परेका उनीहरु केही दिनयता सँगै बस्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको प्रकृति हेर्दा प्रेमीले प्रेमीकालाई धारिलो हतियार प्रहार गरी पहिला हत्या गरेको र लगत्तै आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । युसुनाको शरीरमा धारिलो हतियार प्रयोग भएको पाइएको छ भने अनिसको घाँटी रेटिएको छ ।

घटनास्थलबाट प्रहरीले धारिलो हतियारसमेत बरामद गरेको छ । चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा पुर्याएलगत्तै उनीहरुलाई मृत घोषणा गरिएको थियो ।

टिप्पणीहरू