ताइवानकाे लडाकु जेट समुद्रमा खस्याे

ताइवानकाे लडाकु जेट समुद्रमा खस्याे

ताइवानको वायुसेनाले उडाएको एउटा लडाकु जेट विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनालगत्ते सोही प्रकारका अन्य विमानलाई उडानमा रोक लगाइएको छ ।

हालै मात्र प्रयोगमा ल्याइएको नयाँ मोडलको एफ १६ भी नामको उक्त लडाकु विमान दुर्घटनापछि समुद्रमा खसेको हो । त्यहाँको रक्षा मन्त्रालयले दुर्घटनाको पुष्टि गर्दै अत्याधुनिक लडाकु विमान प्रशिक्षणको क्रममा समुद्रमा खसेको बताएको छ ।

राष्ट्रपति साइविङ वेनले उद्धार र घटनाको तत्काल छानबिन गर्न आदेश दिएकी छन् । दक्षिणी ताइवानको समुद्री किनारमा रहेका प्रत्यक्षदर्शीहरुका अनुसार विमान आकाशबाट सोझै समुद्रमा खसेको थियो । लगत्तै हेलिकोप्टर र पानीजहाज जेट खसेको ठाउँमा पुगेका थिए ।

फाेटाे स्राेत: राेयटर्स

टिप्पणीहरू