२२ वर्षे युवकको साथमा कटुवा पेस्तोल

२२ वर्षे युवकको साथमा कटुवा पेस्तोल

सुनसरीमा हतियारसहित एक जनालाई पक्राउ परेका छन् । हिजो बेलुकी हरिनगरा गाउँपालिका, घुस्कीका २२ वर्षीय सविर मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी जाँचका क्रममा सुनसरीको इनरुवा नगरपालिका–३ बाट हरियारसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार मियाँको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएकोे छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

टिप्पणीहरू