पुटिन पनि आउने, बम पड्काउन नपाउने
बाहिर त कुनै साइँसुइँ छैन, तर विद्रोहीहरुलाई भनिएको रहेछ, अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिललाई पनि नेपाल बोलाउने कार्यक्रम छ । सरकारको तर्फबाट विप्लवकहाँ खबर पु¥याइएको छ, कम्तिमा चिनियाँ राष्ट्रपति सि जिनफिङ आउनुअघि र यहाँ बसुञ्जेल कुनै घटना नगराए हुन्थ्यो । र, त्यही खबर पु¥याउने अधिकारीले सुनाएका हुन्, पुटिन आउने सम्भावना ।
ड्रोनको डर
विप्लव नेकपाले उपत्यकामा दर्जनौँ ड्रोन तयार पारेको र त्यसबाट विभिन्न महŒवपूर्ण ठाउँमा आक्रमण गर्ने सूचना पाएपछि हो, सरकारका तर्फबाट त्यस्तो सजगता अपनाउँदै जेलमा बसेका नेतामार्फत खबर पु¥याइएको । राष्ट्रिय हितसँग जोडिएका कुनै पनि विषयमाथि हस्तक्षेप नगर्ने पार्टीको नीति भएका कारण विदेशी पाहुनाको भ्रमण बिथोल्ने वा नकारात्मक सन्देश जाने कुरामा अग्रसर हुने नीति नभएको कुरा हाल नख्खु कारागारमा रहेका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली (सुदर्शन) ले सरकारी प्रतिनिधिलाई सुनाएका छन् । यो कुराको ब्रिफिङ सुदर्शनलाई त्यहाँ भेट्न जानेमध्येका एकजनाले उपत्यका नजिकै रहेका विप्लवलाई गरेको बताइन्छ ।
वार्ताका शर्त
त्यस्तै, प्रचण्डले विप्लवलाई वार्ताका लागि पठाएको खबरमात्र हैन, उनको पहलकदमी पनि अस्वीकार गरेका छन् । शर्त छ, गतिविधिमाथिको प्रतिबन्ध हट्नुपर्ने, ‘विप्लव समूह’ हैन, अलग्गै राजनीतिक दलको हैसियतमा सरकारको तर्फबाट औपचारिक चिठी लेख्नुपर्ने र सम्पूर्ण बन्दी रिहा हुनुपर्ने । सरकारले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको पुरानो वार्ता टोली र विप्लव नेकपाका नेताबीचको संवाद ६ महिनायता अवरुद्ध छ । विप्लव समूहले सरकारको औपचारिक चिठीसहित बाँकी दुईवटा शर्त पूरा नहुँदासम्म कुनै किसिमको संवाद नगर्ने अडान दोहो¥याएको हो ।
नक्कलीलाई ६ लाख
विप्लव नेकपाको नाममा नक्कलीको बिगबिगी भएपछि केही महिनायता नयाँ शैली अपनाइएको छ । ‘कर’ को नाममा माग गरिने चन्दाका चिठीमा विप्लव आफैंले गरेको हस्ताक्षर । यति हुँदा पनि केही दिनअघि मात्र दरबारमार्गमा सञ्चालित क्लब डेभाजुबाट नक्कली विप्लव नेकपा बनी ६ लाख रुपैयाँ लगिएको छ । अहिले सक्कलीहरु ती नक्कली खोज्न व्यस्त छन् । उनीहरुको प्रारम्भिक सूचनाअनुसार पूर्वमाओवादीकेन्द्र सम्बद्ध मजदुर फाँटका केही व्यक्ति यस्तो धन्दामा संलग्न छन् । क्लब डेभाजुलाई गएजस्तो चिठी एलओडी, त्रिसरासहित ठमेल र दरबारमार्गमा अत्यधिक व्यापार गर्ने लाउञ्जबारहरुमा पुगेको छ । तर, कम्प्युटर वा छपाईमा विप्लवको सही गरिएको, विप्लवबाहेक अरुले सही गरेर चन्दा मागिएका सबै चिठी नक्कली भएको सक्कलीहरुले सम्बन्धित कम्पनी वा संस्थाका व्यक्तिलाई भन्दै हिँडेका छन् ।
उपत्यकामा क्षति
अस्ति सोमबार उपत्यका व्युरो इञ्चार्ज नविन विके पक्राउ परेपछि विप्लव नेकपालाई थप क्षति भएको छ । उनको साथबाट केही संवेदनशील कागजात पनि बरामद भएको छ । राज्यमन्त्री भइसकेका बिके कालिकोटका बासिन्दा हुन् । त्यसअघि समातिएका माइला लामाको निकट सहयोग पनि हुन्, विके । माइलाअघि उपत्यका सेक्रेटरी धीरेन्द्रा उपाध्याय (भृकुटी) पक्राउ परेकी थिइन् । तर, उनको साथबाट कुनै महŒवपूर्ण कागजात बरामद नभएका कारण क्षति पुगेन । सोमबार नवीन पक्राउ परेपछि उपत्यकामा कार्यरत विप्लव समूहका कार्यकर्ताले उनीसँग हुनसक्ने केही कागजात खोजी गर्दा भेट्टाएनन् ।
टिप्पणीहरू