​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा

सत्तारुढ नेकपाका अर्का नेताको टेलिफोनमा भएको यौन संवाद छताछुल्ल भएको छ । दुईवटी वैधानिक श्रीमती हुँदाहुँदै नेकपा कैलालीका अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाको तेस्री महिलासँगको टेलिफोन रेकर्ड सार्वजनिक भएको हो । 

थापाले ती महिलालाई डार्लिङ मात्रै भनेका छैनन् पटक–पटक यौन सम्बन्ध राखेको पुष्टि हुने गरी छिल्लिएका छन् । 
आठ मिनेट लामो टेलिफोन संवादको संक्षिप्त रूप यस्तो छ । 

महिला : किन फोन काटेको ? 

थापा : घरबाट छोरा आएको थियो बोलाउन त्यसैले काटेको के ! घर नजिकैको होटलमा अलिअलि खाँदै छु । 

महिला : बूढी कता छन् ? 

थापा : घरमै । 

महिला : तपार्इं माया नै गर्नुहुन्न ? 

थापा : किन गर्दिनँ, गर्छु त । 

महिला : रक्सी खाएको बेला मात्रै त हो, म हजुरले भनेका बेला भेट्न आउँछु । थापा ः अरे बाबा माया गर्छु क्या ! हजुरजस्तो जहाजमा आउने
हैसियत छैन । बरु भनिबक्स्यो कहिले आऊँ !

महिला : म भोलि नै आउनु भन्छु । 

थापा : ल ल टिकट पाए भोलि नै आउँछु । 

महिला :  खोइ माया गर्नुहुन्न । 

थापा : सबै भइसकेको छ अनि कस्तो माया चाहियो ? 

महिला : त्यत्ति मात्रै हो र माया भनेको ?

थापाले मेरो जीवनमा तिमीबाहेक अरू कोही छैनसम्म भन्न भ्याउँछन् । साथीहरूसित छु, सबै चिज गरिसकेको छु, अब कस्तो माया चाहियो भन्दा महिला अरूको अघि आफ्नो कुरा भनेकाले होला रिसाएर फोन काट्छिन् । अनि थापा रक्सी खाँदै गरेका आफ्ना साथीहरूसँग भन्छन्, ‘महिलाहरू आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउँछन् । यो महिला अर्बपति छ, नेवार समुदायकी हो । निकै राम्री पनि छ । यिनीहरूको अष्ट्रेलियातिर समेत कारोबार छ । श्रीमान् छैन, एक छोरी छ । मैले नेपालगञ्ज आऊ भन्नेबित्तिकै काठमाडांैबाट जहाजको टिकट काटेर आइहाल्छे ।’

फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो पोख्छिन् । सांसद थापाले जवाफ दिँदै भन्छन्, ‘मैले कम माया गरेको छु र ?’ महिलाले आफ्नो पैसा ब्याजमा लगाउन सहयोग नगरेको गुनासोसमेत राखेकी छन् । 

दुई विवाह गरेका थापाले जेठी श्रीमती र दुई छोरालाई अंशसमेत नदिएर अलपत्र पारेका छन् भने कान्छी श्रीमती टीकालाई लम्कीचुहा नगरपालिकाको उपमेयर बनाएका छन् । 

राजनीतिज्ञभन्दा बढी व्यवसायी मानिने ५२ वर्षीय थापा र उनकी प्रेमिकाबीच केही महिनापहिलेको यो अडियो अहिले कैलालीका नेकपा कार्यकर्ताको हातहातमा छ । यसैबीच, नेकपा प्रदेश कमिटीद्वारा आयोजित चियापानमा पत्रकारको प्रश्नमा गलत संवाद प्रमाणित भए कारबाही हुने जवाफ प्रदेश इञ्चार्ज भीमबहादुर रावलले दिएका छन् । अध्यक्ष थापा भने आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको मान्छे भएकाले कसैले कुनै कारबाही गर्न नसक्ने बताउँदै हिँडेका छन् ।

टिप्पणीहरू