प्रदेश २ मा राजधानीको निम्ति मतदान शुरु
प्रदेश नम्बर २ को राजधानीका लागि मतदान शुरु भएको छ । सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान थालिएको हो ।
समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव प्रस्तुत गरे पनि सहमति जुट्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । समितिले जनकपुर र वीरगञ्जलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ ।
प्रदेशसभाको तत्काल कायम दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । राजधानीसम्बन्धी प्रस्ताव पारित हुन प्रदेशसभाको कूल १ सय ४ सदस्यको दुई तिहाई ६८ मत आवश्यक हुन्छ ।
टिप्पणीहरू