प्रेस चौतारीको अध्यक्ष बने खत्री

प्रेस चौतारीको अध्यक्ष बने खत्री

प्रेस चौतारी सुर्खेतको अध्यक्षमा गोविन्द खत्री निर्वाचित भएका छन् । आज सम्पन्न जिल्ला सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उनको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन भएको छ । जसमध्ये उपाध्यक्षद्वयमा सीता ओली र यसकुमार चपाईंलाई चयन गरिएको छ ।

सचिवमा मुना हमाल, सहसचिवमा दिनेश बुढा र यामबहादुर विक, कोषाध्यक्षमा अप्सरा विष्ट चयन भएका छन् ।

टिप्पणीहरू