अत्याचारजति सबै अबलामाथि
कहाँ जान हिँँडेको म कहाँ पुगेर ठोक्किएँ र बर्बाद भएँ । चार दशकअघि पर्वतमा जन्मिएँ । १५ वर्ष हुँदा बाँधिएँ विवाह बन्धनमा । पहिलो श्रीमान्बाट दुई छोरा, एक छोरी छन् । ०६४ सालमा श्रीमान्ले ज्यान गुमाए करेन्ट लागेर । त्यसपछिका तीन वर्ष पर्वतमै गुजारेँँ र झरँँे चितवन । साहारा थिए फुपू, मामाहरू । केही कर्म त गर्नैपथ्र्याे । घर रंगरोगन गर्ने काम पाएँ । त्यही क्रममा नरेश्वर कँडेलको घरमा रङ लगाउन पुगेँ । त्योभन्दा अघि चिनजान थिएन । ऊ मेरो पछि पर्न थाल्यो । भन्थ्यो, ‘घरमा श्रीमती त छ तर म ऊसँग सन्तुष्ट छैन । श्रीमतीको पाठेघर फालेको छ । छोराको मानसिक सन्तुलन ठीक छैन । अर्को छोरा चाहिएको छ ।’
वास्ता गरिनँ । मलाई आफ्नोभन्दा सन्तानको बढी चिन्ता थियो । ऊ नजिकिने अनेक बहाना खोज्थ्यो म टाढिने । दिनमा बीसौं पटकसम्म फोन गथ्र्याे । म उठाउँदिनथेँँ । फोन नउठाउँदा डेरामै आउँथ्यो र थर्काउँँथ्यो, ‘कहाँ गएकी थिइस् ? कोसँग गएकी थिइस् ? मेरो फोन किन उठाइनस् ?’ मेरी छोरीलाई फोन गरेर ममी खोइ, कहाँ गई नानी ? भनेर सोध्थ्यो । धेरै पटक मैले फोन नउठाएको बहानामा उसले घरमै आएर मोबाइल फुटाइदिएको छ । शुरुमा छलछाम गरेर मसँग नजिकियो । भन्थ्यो म एकलजस्तै हो । घरमा लिएर गयो । त्यहाँ गएपछि उसका बारेमा धेरै जान्ने÷बुझ्ने मौका मिल्यो । श्रीमती छोरी विमार भएर बेङलोर गएको मौका पारी घर लगेको रहेछ । पछि चाल पाएँँ । पहिलाको श्रीमतीबाटै एउटा छोरा, एक छोरी । छोरीको बिबाह भएर पनि नाति÷नातिना रहेछन् । छोराको विवाह त भयो तर सम्बन्ध दिगो रहेन । एउटै बुहारीले सम्बन्ध विच्छेदको बाटो रोजेर हिँँडिन् । नातिनातिना भइसक्दा पनि लत रहेछ तरुनी फेर्दै हिँँड्ने । यी सबै चाल पाएपछि टाढिन खोजें । तर, ऊ सकेसम्म फकाउने, नभए थर्काउने गर्न थाल्यो । मैले तपाईं घरपरिवार भएको मान्छे । मलाई मेरै संसारमा रम्न दिनुहोस् भनँे । टाढिन प्रयास गरेँँ । बारम्बार भन्थ्यो– ‘मर्दको १० वटी हुन्छन् । दुई जनालाई त मिलाएर राखिहाल्छु । मेरा बुवा, दाजुभाइ सबैको दुईवटा हो । भन्थ्यो, तँ पनि एकल महिला, तेरो जिन्दगी पनि एक्लै चल्दैन । एक न एक दिन कसैको सहारा चाहिन्छ । म तेरो सुख र दुःखको साथी बन्छु । म पनि एकदमै श्रीमती पीडित हो । मलाई पनि तेरो खाँचो छ । तँ पनि भर्खरकी छस् ।’
तिनताक २७÷२८ वर्षको थिएँ । कोही मेरालागि मरिहत्ते गरिरहेछ । आफूले माया गरेको मान्छे होइन, आफूलाई यतिबिघ्न माया गर्ने कोही छ भने ठीकै भनेर उसलाई स्विकारे । सम्बन्ध रामै्र थियो । कोठा लिएर राखेको थियो । खर्च दिन्थ्यो । तँ मेरो श्रीमती नै होस् भन्थ्यो धेरै पटक साथै अस्पताल लग्थ्यो । बीचमा माइतीले अर्को केटासँग विवाह गर्न खोजेका थिए । उसले विवाह गर्न दिएन । पेटमा उसकै बच्चा आयो । त्यो पनि धम्काएर फाल्न लगायो । १ भदौमा नयाँ मुलुकी ऐन आयो । बहुविवाहसम्बन्धी नयाँ कानुन जारी भएसँगै ऊ बटारिन थाल्यो । ऊसँग झण्डै ६ वर्ष व्यतित गरिसकेको थिएँँ । नागरिकता र विवाह दर्ताको आग्रह गर्दा कुटपिट गथ्र्याे । फोन गर्दा नउठाउने र उठाए पनि तथानाम सुन्नै नसक्के तुच्छ गाली गथ्र्याे । ऊ र मबीचको सम्बन्ध दुवैको घर परिवारलाई थाहा छ । म उसको घरमा गएर बसेको छु । ऊ मेरो घरमा आउने खाने बस्ने गरेकै हो । हुँदाहुँदै आफ्नै छोराले समेत तेरो मान्छेले तँलाई कहिले भिœयाउँछ ? निस्केर गइहाल् भन्छ । अहिले म घर न घाटको अवस्थामा छु । पहिलो श्रीमान्पट्टिका जेठाजु देउरानीले पनि केही वास्ता गर्दैनन् । म मर्नु न बाँच्नुको अवस्थामा छु । यही बीचमा जसको कारण मेरो जिन्दगी बर्बाद भयो, ऊविरुद्ध जिल्ला अदालतमा उजुरी दर्ज गर्ने तयारी गर्दै थिएँ ।
मभन्दा पहिला उसले उजुरी गर्न भ्याएछ । उल्टै भन्छ मैले अदालतका सबैलाई किनिसकेको छु । तैंले के गर्न सक्छेस् ? गरेर देखा । भन्छन् नि अति सर्वत्र बर्जयेत । अति गर्नु अत्याचार नगर्नु । दिनरातको कुटपिट र धम्कीले आजित भएपछि अन्याय गर्नेभन्दा अन्याय सहने अपराधी भन्ने लाग्यो र ०७२ सालमा चितवन जिल्ला अदालत पुगेँँ । उसले क्षतिपूर्तिबापत ६ लाख रूपैयाँ दिन्छु भन्यो । चेक त दियो तर खातामा पैसा नभएको । एकपछि अर्काे छलछाम र धोखाधडी गर्न माहिर रहेछ । चितवनकै बासिन्दा । त्यहीँ छ घरघडेरी । नवलपरासीमा समेत घरघडेरी । समाजको सम्पन्न । गन्य मान्य । उसले जति जना महिलाको अस्मिता लुटे पनि ऊ पुरुष । उसकै शिर ठाडो । बर्बाद र बेइज्जतीको भागीदार हुने त हामी महिला न हौं । बाँचांै बाँँच्न सक्दिनँ, मरौं मर्न सक्दिनँँ । नौ वर्षसम्म श्रीमती बनाएर राख्यो । अहिले बिचल्ली बनाएपछि न्याय खोज्दै अदालत पुगँँे । गाली–बेइज्जती र अंश मुद्दा बोकेर । त्यो मुद्दा गणेश अधिकारी भन्ने वकिलले लेखिदिएका हुन् तर सबै बिगारेर लेखिदिएका रहेछन् । उनैले विपक्षीसँगको मिलेमतोमा अंश मुद्दा नलेखी गाली बेइज्जती मुद्दा मात्र लेखेछन् ।
म अनपढ के जान्नु । पछि अरूले भन्दा चाल पाएँ । न्यायको खोजीमा कहाँ–कहाँ मात्र पुगेकी छैन ? कहाँ–कहाँ मात्र धाउन बाँकी रह्यो ? महिला आयोगको ढोका ढकढक्याएँ । दुःख बेसाएँ । त्यहाँका अगुवाहरूले वकिलको व्यवस्था गरिदिनुभएको छ । अस्ति अदालत परिसरमै छाडा शब्द बोल्यो । जाऊँ कहाँ ? गरौं के ? न्यायकै खोजीमा समाजका धेरै अग्रज र बुद्धिजीवी भनिने महिलालाई भेटेँँ । गुहार मागेँँ । शुरुमा हामी तपाईंलाई न्याय दिलाउँँछौं भन्नेहरू पछि नरेश्वरकै पछि लाग्छन् । चितवन आएको समयमा मैले धेरै सहयोग गरेको हुँ सामाजिक अभियन्ता भनिएका विनयजंग बस्नेत र ज्ञानेन्द्र शाहीहरूलाई । जब म दुःख–पीडामा थिएँ । आफ्नो दुःख बेसाएँ । तिनले मेरो नमस्कारसमेत फर्काएनन् । अहिले अदालतमा मुद्दा चलिरहेको छ । एउटा ब्वाँसोबाट अस्मिता लुटिएकी म ४ वर्षदेखि न्याय र निसाफ खोजिरहेछु । थाहा छैन, चलखेलको यो दुनियाँमा म निम्सरोलाई अदालतले साँँच्चै न्याय र निसाफ दिन्छ वा चितवनका सामन्तको प्रभावमा परेर अन्यायको भुमरीमा धकेलिदिन्छ ।
– सरस्वती सुवेदी, चितवन
टिप्पणीहरू