सुनाकोठीबाट तीन सय वर्ष पुरानो मूर्ति गायव

सुनाकोठीबाट तीन सय वर्ष पुरानो मूर्ति गायव

ललितपुरको सुनाकोठीस्थित बालकुमारीको मूर्ति चोरी भएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका डिएसपी टेकबहादुर कार्कीका अनुसार शनिबार राती बालकुमारीस्थित मन्दिरबाट मूर्ति चोरी भएको हो ।

बागमती प्रदेशसभाका सासंद राजकाजी महर्जनका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएका छन् । उनले भने, ‘मूर्ति चाहिँ पित्तलको हो । तर, हाम्रा जिजुबराजुको पालाको हो ।’

केही गहना भने लकर राख्ने गरिएको उनले बताए । मूर्ति रातको १ बजेदेखि २ बजेभित्र चोरी भएको हुनसक्ने महर्जनको भनाइ छ । उनका अनुसार करिब २० वर्षअघि यो मूर्ति कुर्न स्थानीय राति मन्दिरमा सुत्ने गर्दथे । समस्या आएपछि मूर्ति कुर्न पनि छोडिएको थियो ।

बालकुमारी चौरमासमेत बालकुमारी मन्दिर रहेको छ । यस मन्दिरलाई पिठ मानिन्छ । पिठ मन्दिरलाई आमा मानिन्छ भने सुनाकोठी बजार क्षेत्रमा रहेको मन्दिरलाई छोरी मानिन्छ । हरेक वर्ष मंसिर र बैशाखमा यस मन्दिरमा जात्रा लाग्ने गर्छ ।

टिप्पणीहरू