खोप लगाइदिनेलाई कोरोनाले भेट्टायो

खोप लगाइदिनेलाई कोरोनाले भेट्टायो

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि खोप अभियान स्थगित गरिएको छ । अस्पतालका ५० भन्दाबढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि अभियान स्थगित गरिएको हो ।

अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै भोलिदेखि आगामी आइतबारसम्मका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको छ ।

यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालले क्षमा मागेको छ । टेकुमा खोप कार्यक्रम स्थगित भएपछि हजारौं सर्वसाधारण अप्ठेरोमा परेका छन् ।

टिप्पणीहरू