हिजो जोस्सिएर बोल्ने मन्त्री आज मिडियामाथि खनिइन्
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्तिको अपव्याखा गरिएको भन्दै दुःख पोखेकी छन् ।
गत बुधवार बलिदान दिवशको अवसरमा रौतहटको गौरमा आयोजित कार्यक्रममा दिइएको अभिव्यक्तिको अपव्याख्या भएको विज्ञप्तिमार्फत् खुलाएकी उनले आफ्नो भनाइ कसैप्रति लक्षित नभएको र कुनै पूर्वाग्रह वा दूराशयपूर्ण मानसिकताबाट प्रेरित नरहेको, आपसी मुठभेड नगर्न वा हुन नदिन, हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधिप्रक्रियाबाटै राजनीतिक गतिविधि गरिनुपर्ने आशयको रहेको तर सञ्चारमाध्यमले अपव्याख्या गरेको आरोपसमेत लगाएकी छन् ।
मन्त्रीले भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकाले सोप्रति दुःख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएकाले वक्तव्यलाई अतिरञ्जित नबनाउन अनुरोध छ ।’
यादवले बलिदान दिवशको अवसरमा समाजवादी युवा संघले आयोजना गरेको कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।
टिप्पणीहरू