भरतपुरको गेटमा भोली हात्तीको लादी दल्ने

भरतपुरको गेटमा भोली हात्तीको लादी दल्ने

चितवनस्थित भरतपुर महानगरपालिकाको गेटमा हात्तीको लादी राखिने भएको छ । निर्माणाधीन नालीमा खसेर हिजो एउटा गैंडाको मृत्यु भएको विरोधमा भोलि उक्त कार्यक्रम गर्न लागिएको हो ।

विवेकशील साझा पार्टीको आयोजनामा महानगरको गेटमा हात्तिको लादी राखिने बताइएको छ । आज पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वन्यजन्तुको संरक्षणको माग गर्दै भोलि ब्यानरसहित गोबर राख्ने बताएको हो ।

गोबर भोलि बिहान ११ बजे राख्ने सूचनामा उल्लेख गरिएको छ । साथै, पार्टीले सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई कार्यक्रममा उपस्थित हुनसमेत आग्रह गरेको छ ।

टिप्पणीहरू