प्रहरीले नतिजापछि मात्र ड्राइभिङ परीक्षा लिने
नेपाल प्रहरीले बिदेश मिसनमा पठाइने प्रहरीको अस्ति एसिस्मेन्ट फर मिसन सर्भिस (एएमएस) परीक्षा लिएको छ । भाषा दक्षता जाँचको निम्ति लिइएको कम्बाइण्ड ल्याङ्वेज एसिसमेण्ट (सीएलए) को नतिजामा उत्तिर्ण हुनेहरुको मात्रै त्यसपछिको प्रयोगात्मक परीक्षा गरिने जनाइएको छ ।
अस्ति सम्पन्न एएमएसअन्तर्गतको स्याट अर्थात् सीएलए परीक्षाको नतिजा प्रकाशनपश्चात् मात्र उत्तिर्ण परीक्षार्थीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा ड्राइभिङ परीक्षा हुने भएको हो । परीक्षामा उत्तिर्ण परीक्षार्थीलाई मात्र प्रतिष्ठानमा लिइने ड्राइभिङ परीक्षामा सहभागी गराइने बताइएको छ ।
उत्तिर्ण हुने परीक्षार्थीलाई नतिजापछि दुई समूहमा विभाजन गरेर ड्राइभिङ परीक्षा लिइने जानकारी गराइएको छ । वर्णानुक्रमअनुसार एउटा समूहलाई बिहान सवा १० बजे र अर्को समूहलाई सवा १२ बजे उपस्थित हुन आग्रह गरिएको छ ।
टिप्पणीहरू