हातले लेखिएको थियो गणतान्त्रिक संविधान

हातले लेखिएको थियो गणतान्त्रिक संविधान

भारतले केही बेरपछि गणतन्त्र दिवश मनाउँदै छ । हरेक वर्ष जनवरी २६ तारिखका दिन मनाइने गणतन्त्र दिवशको मुख्य आधार त्यहाँको संविधान हो । बेलायती उपनिवेशबाट मुक्त भएपछि भारतले गणतान्त्रिक संविधान जारी गरेको दिन गणतन्त्र दिवश मनाउन थालिएको हो ।

कतिपयलाई थाहा नहुनसक्छ, त्यतिबेला भारतीय संविधान हस्तलिखत थियो । संविधान लेख्नलाई कुनै टाइपराइटर वा आधुनिक यन्त्रको उपकरण नगरी हातले त्यति ठूलो ढड्डा लेख्न कसरी सम्भव भयो होला ?

त्यतिबेला हस्तलेखनमा चर्चित दिल्लीका वासिन्दा प्रेमबिहारी नारायण रेजाडाले उक्त विशाल पुस्तक,सम्पूर्ण संविधान,आफ्नै हातले अंग्रेजीको इटालिक शैलीमा लेखेका थिए ।

प्रेमबिहारी त्यस समयका प्रसिध्द सुलेख लेखक थिए । उनको जन्म डिसेम्बर १, १९०१ मा दिल्लीमा प्रख्यात हस्तलेखन अनुसन्धानकर्ताको परिवारमा भएको थियो । उनले सानै उमेरमा बाबु, आमालाई गुमाएका थिए । हजुरबुबा रामप्रसाद सक्सेना र काका चतुरबिहारी नारायण सक्सेनाका निकै प्रिय थिए ।

हजुरबुबा रामप्रसाद पनि त्यतिबेलाका एक सुलेख थिए । उनी फारसी र अंग्रेजी भाषाका विद्वान थिए । उनले अंग्रेज सरकारका उच्चपदस्थ अधिकारीहरूलाई फारसी भाषा सिकाएका थिए ।

हजुरबुबाले सुन्दर हस्तलेखनको लागि सानै उमेरदेखि प्रेमबिहारीलाई सुलेख कला सिकाए । सेन्टबाट स्नातकपछि उनले स्टेफन कलेज दिल्लीमा सुलेख कला अभ्यास गर्न थालेका हुन् । बिस्तारै उनको नाम सुन्दर हस्तलेखनको लागि सर्वत्र चर्चा हुन थाल्यो । जब संविधान छाप्नका लागि तयार भयो, तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले प्रेम बिहारीलाई बोलाएका हुन् । नेहरू प्रिन्टको सट्टा इटालिक अक्षरमा हस्तलिखित सुलेखमा संविधान लेख्न चाहन्थे ।

“संविधान लेख्दा २ सय ५१ पृष्ठ विशेष कागजको प्रयोग गरिएको थियो । संविधानको तौल ३ केजी ६ सय ५० ग्राम छ । संविधान २२ इन्च लामो र १६ इञ्च चौडा छ ।”

यसैले उनले प्रेम बिहारीलाई बोलाए । प्रेम बिहारीले उनीसँग कुरा गरेपछि नेहरूले संविधानलाई इटालिक शैलीमा लेख्न आग्रह गरे र शुल्क कति लिन्छौ भनेर सोधे ।

प्रेम बिहारीले नेहरूजीलाई भने, ‘एक पैसा पनि होइन,परमेश्वरको अनुकम्पाले मसँग सबै थोक छ र म आफ्नो जीवनबाट खुशी छु ।’ यो कुरा सुनेपछि उनले नेहरूजीलाई अनुरोध गरे, ‘मेरो एउटा रहर छ कि संविधानको प्रत्येक पृष्ठमा मेरो नाम लेख्छु र अन्तिम पृष्ठमा हजुरबुबाको नामसहित मेरो नाम लेख्छु ।’

नेहरूले उनको अनुरोध फ्याट्ट स्वीकार गरे । उनलाई संविधान लेख्न एउटा घर दिइयो । त्यहाँ बसेर प्रेमजीले सम्पूर्ण संविधानको पाण्डुलिपि लेखेका हुन् ।

लेखन शुरु गर्नुअघि प्रेमबिहारी नारायण २९ नोभेम्बर १९४९ का दिन नेहरूको आदेशमा भारतका तत्कालीन राष्ट्रपति राजेन्द्र प्रसादसँगै शान्ती निकेतन आए । उनीहरूले प्रख्यात चित्रकार नन्दलाल बसुसँग छलफल गरे र प्रेम बिहारीले कसरी र कुन भागमा लेख्ने भनेर निर्णय गरे । नन्दलाल बसुले संविधानको बाहिरी र भित्री भाग सजाउने निर्णय भयो ।

नन्दलाल बोस र उनका केही विद्यार्थीले मोहेन्जो–दारो सिल, रामायण, महाभारत, गौतम बुद्धको जीवन, सम्राट अशोकले गरेको बौद्ध धर्मको प्रचार, विक्रमादित्य, सम्राट अकबर र मुगल साम्राज्यको बैठकको चित्र कोरिदिए ।

भारतीय संविधान लेख्ने क्रममा प्रेमबिहारीले ३ सय ३ वटा पेन होल्डर प्रयोग गरे । कलमको निब बेलायत र चेकोस्लोभाकियाबाट ल्याइएको थियो । उनले भारतको संविधान भवनको कोठामा छ महिना लगाएर सम्पूर्ण संविधानको पाण्डुलिपि लेखेका हुन् । संविधान लेख्दा २ सय ५१ पृष्ठ विशेष कागजको प्रयोग गरिएको थियो । संविधानको तौल ३ केजी ६ सय ५० ग्राम छ । संविधान २२ इन्च लामो र १६ इञ्च चौडा छ ।

उनै प्रेम बिहारीको फेब्रुअरी १७, १९८६ मा निधन भइसकेको छ ।

टिप्पणीहरू