लमजुङ प्रशासनमा पनि आलोपालो प्रणाली

लमजुङ प्रशासनमा पनि आलोपालो प्रणाली

कोरोना संक्रमण बढिरहेका बेला सेवाग्राहीको भिडभाड कम गर्न जिल्ला प्रशासन कार्यालयहरुले आलोपालो प्रणाली शुरु गरेका छन् ।

तनहुँ प्रशासनले हिजोदेखि शुरु गरेको आलोपालो प्रणाली लमजुङमा पनि थालिएको छ । प्रशासन कार्यालय लमजुङले संक्रमणको जोखिम बढेको भन्दै सेवाग्राहीका लागि आलोपालोको व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिनेछ । आइतबार दूधपोखरी र मर्स्याङदी गाउँपालिकाका नागरिकले सेवा लिन पाउनेछन् ।

क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकले सोमबार सेवा लिनेछन् ।

यस्तै, मंगलबार मध्यनेपाल नगरपालिका, बुधबार सुन्दरबजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबार बेंसीशहर नगरपालिकाका नागरिकलाई सेवा लिन पाउनेछन् ।

टिप्पणीहरू