गठबन्धनलाई उछिन्दै एमालेका शेर्पा राष्ट्रियसभामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठवन्धनलाई हराउँदै प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका उम्मेद्वार साेनाम गेल्जेन शेर्पाले गठबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका हुन् ।
अल्पसंख्यक कोटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे ।
टिप्पणीहरू