निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाइयो

निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाइयो

प्रधानमन्त्री शेरबहादुर देउवाले आज निर्वाचन आयोगका पदाधिकारीहरुलाई बालुवाटारमा डाक्नुभएको छ । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगका पदाधिकारीलाई बोलाइएको हो ।

दिउँसो ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा छलफल बोलाइएको छ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न संविधान र ऐनमा अस्पष्टता देखिएको भन्दै ऐन संशोधनको प्रक्रियामा लागेको छ । तर, विपक्षी एमालेले भने कुनै हालतमा आगामी बैशाखभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउँदै आएको छ ।

यता निर्वाचन आयोगले पनि पटक पटक निर्वाचन ऐेनबमोजम बैशाखमै निर्वाचन गर्नुपर्ने भन्दै सरकारमाथि मनोवैज्ञानिक दबाब दिँदै आएको छ ।

टिप्पणीहरू