शंखरापुरमा थिङ दम्पती मृत फेला

शंखरापुरमा थिङ दम्पती मृत फेला

काठमाडौंको शंखरापुर नगरपालिकामा एक दम्पती घरभित्र मृत अवस्थामा फेला परेका छन् । हिजो राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ सुतेकै अवस्थामा मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार हिजो बेलुकी राम्रै तरिकारले सुतेका दम्पती आज बिहान मृत अवस्थामा फेला परेका हुन् । आज बिहान सात बजेसम्म पनि ढोका नखोलेपछि उनका जेठो छोरा सूर्यबहादुर थिङले बाहिरबाट ढोका फुटाएर हेर्दा दुवैजनाको मृत्यु भइसकेको थिए ।

त्यसपछि सूर्यबहादुरले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्धको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । उनीरुको शव पोष्ट मार्टमको लागि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।

टिप्पणीहरू