सीटीईभीटीविरुद्ध जनकपुरधाममा प्रदर्शन

सीटीईभीटीविरुद्ध जनकपुरधाममा प्रदर्शन

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)विरुद्ध विद्यार्थीहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् । परीक्षा स्थगित गरिएको भन्दै विद्यार्थीहरुले रमानन्द चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

कोरोनाको संक्रमण बढेको भन्दै आगामी माघ २७ गतेदेखि तोकिएको परिक्षा सीटीईभीटीले हालै स्थगित गरेको थियो । पटक–पटक परीक्षा स्थगित गरेर तीन वर्षे कोर्षलाई लम्ब्याउन चाहेको विद्यार्थीको आरोप छ ।

वैकल्पिक विधीबाट परीक्षा हुन नसके भौतिक उपस्थितिमा भएपनि स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा लिनुपर्ने उनीहरुले माग गरेका छन् । यसरी पनि नभए आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गर्नुपर्ने विद्यार्थीको अडान छ ।

टिप्पणीहरू