विश्वका वृद्ध गोरिल्ला बिते
संसारकै सबैभन्दा धेरै वर्ष बाँच्न सफल गोरिल्लाको मृत्यु भएको छ । एटलान्टाको चिडियाखानामा बसोवास गर्ने ओज्जी नामक गोरिल्लाको ६१ वर्षको उमेरमा गत मंगलबार मृत्यु भएको हो ।
ओज्जीको मृत्युको कारण खुल्न नसकेको चिडियाखानाका अधिकारीहरुले बताएको छन् । यद्यपि, ओज्जीको केही दिनअघि मुख सुन्निएको र उसले खाना पनि खान छोडिसकेको अधिकारीहरुको भनाइ छ । सोही कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
ओज्जीको मृत्युप्रति चिडियाखानाले दुःख व्यक्त गरेको छ । उसको मृत्युले चिडियाखानालाई ठूलो धक्का पुगेको अधिकारीहरुले भनेका छन् ।
टिप्पणीहरू