बालुवाटारमा तीन नेताको छलफल

बालुवाटारमा तीन नेताको छलफल

सत्ता गठवन्धनका तीन शीर्ष नेताहरुले आज बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।

स्थानीय तहको निर्वाचनको मिति तोक्नेबारे राजनीतिक सहमति खोज्न विभिन्न पक्षसँग लगातार छलफल गरिरहनुभएका प्रधानमन्त्री देउवाले आज गठवन्धनका प्रमुख दुई नेतासँग भेटघाट गर्नुभएको हो । यसअघि हिजो उहाँले राष्ट्रपति विद्या भण्डारीसँग भेट गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँगको भेटबारे प्रचण्ड र नेपाललाई जानकारी गराउनुभएको बुझिएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई समयमै निर्वाचन गर्न सल्लाह दिएको बताइएको थियो ।

तीन नेताबीच राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू