मनाङमा जनसङ्ख्याभन्दा मतदाता बढी
हिमाली जिल्ला मनाङमा जनसङ्ख्याभन्दा मतदाताको सङ्ख्या बढी देखिएको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार जनसङ्ख्याभन्दा मतदाताको सङ्ख्या बढी देखिएको हो ।
प्रारम्भिक विवरणमा मनाङको कूल जनसङ्ख्या पाँच हजार ६ सय ४५ छ । यो संख्या २०७४ को निर्वाचनको मतदाता सङ्ख्याभन्दा कम हो । २०७७ चैतसम्म १८ वर्ष पूरा भएका मतदाता सङ्ख्या ६ हजार ३ सय ९ रहेको थियो । यस्तै चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ हजार ६ सय १२ मतदाता थपिएका छन् ।
अहिले सार्वजनिक भएको जनसङ्ख्या भन्दा ९ सय ६७ सङ्ख्याले मतदाता बढी रहेको देखिएको छ ।
२०६८ को जनगणनामा यहाँ पाँच हजार ९ सय जनसङ्ख्या थियो ।
मतदाता सङ्ख्याभन्दा जनसङ्ख्या कम भएपछि गणक, पर्यवेक्षक तथा निर्वाचन आयोगले सङ्कलन गरेकामध्ये कुन चाहीँ तथ्याङ्क सही भनेर पहिचान गर्न गाह्रो भएको छ ।
टिप्पणीहरू