लडेर अस्पताल गएका बृद्ध कोरोनाले बिते
कोरोना संक्रमणबाट कैलालीमा एक वृद्धको निधन भएको छ । कञ्चनपुर भिमदत्त नगरपालिका-८ तिलाचौरका ७५ वर्षीय वृद्धको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
लडेर घाइते भएका उनी गत पुस २७ गते स्थानीय एक अस्पताल भर्ना भएका थिए । उनको माघ ७ गते पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आएपछि अस्थायी कोरोना अस्पताल धनगढी लगिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
टिप्पणीहरू