२४ घण्टामा ६ हजार बढी संक्रमित, ८ जना बिते

२४ घण्टामा ६ हजार बढी संक्रमित, ८ जना बिते

पछिल्लो २४ घण्टामा ६ हजार ८ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, २४ घण्टामा ५ हजार ४ सय ३२ संक्रमित निको भएर घर फर्किसकेका छन् । आज थपिएकासहित हाल मुलुकभर ८९ हजार ९ सय ४१ संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी १ हजार ४ सय ५७ जना २१ देखि ३० उमेर समुहका रहेका छन् भने सबैभन्दा कम ७६ जना ८० वर्ष माथिका रहेका छन् । १० वर्षसम्मका ९३ जना संक्रमित थपिएका छन् ।

टिप्पणीहरू