गृहको निर्णयमा महासंघको जवाफ – प्रेस स्वतन्त्रतामा अंकुश लगाइयो
प्राङ्क भिडियो बनाउन नपाउने गृहमन्त्रालय निर्णयप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । गृहले प्राङ्क भिडियो नबनाउन तथा व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियो तथा फोटो सामाजिक सञ्जालमा अपलोड नगर्न भनेपछि महासंघले आपत्ति जनाएको हो ।
गृहको निर्णय प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै महासंघले सच्याउन माग गरेको छ । महासंघका महासचिव रोशन पुरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।
हिजो गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा ‘व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने जस्ता वाक्याङ्श परेको र त्यो प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुनसक्ने महासंघको ठहर छ ।
टिप्पणीहरू