सुमोले ठक्कर दिएका घाइतेलाई हेलिकोप्टरबाट काठमाण्डौं ल्याइयो
चितवनमा सवारी दुर्घटनामा घाइते भएकी महिलालाई थप उपचारको निम्ति राजधानी ल्याइएको छ । घाइते हुनेमा इच्छाकामना गाउँपालिका ४ कुरीनटारकी ३८ वर्षीया निरू बोहोरा हुन् ।
उनलाई टाटा सुमोले ठक्कर दिएर सख्त घाइते बनाएको थियो ।
राजमार्गमा पैदल यात्रा गरिरहेकी बोहोरालाई नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा. २ झ २८५३ नम्बरको सुमोले ठक्कर दिएको हो ।
ठक्करबाट घाइते भएकी उनलाई स्थानीय अस्पताल लगिए पनि उपचार हुन नसकेपछि हेलिकोप्टरमा काठमाडौं ल्याइएको हो ।
हाल उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । ठक्करबाट उनको टाउकोमा भित्री चोटलागेको चिकित्सकहरुले बताएका छन् । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् ।
टिप्पणीहरू