राष्ट्रपतिसँगै यिनको पनि फोटो झुण्ड्याइयो

राष्ट्रपतिसँगै यिनको पनि फोटो झुण्ड्याइयो

विश्वका सबैजसो मुलुकका सरकारी निकायले मुख्य थलोमा राष्ट्राध्यक्षको फोटो झुण्ड्याउने आमप्रचलन नै हो । राष्ट्राध्यक्षलाई राष्ट्रिय एकताको प्रतिक मानिने भएकाले पनि त्यसो गरिनु स्वाभाविक मानिन्छ ।

कतिपय देशमा राष्ट्राध्यक्षसँगै कार्यकारी प्रमुख अर्थात प्रधानमन्त्रीको पनि फोटो झुण्ड्याइन्छ । सुरक्षा फौजका प्रत्येक युनिटमा प्रमुखको फोटो झुण्ड्याउने परम्परै हो । हाम्रै सन्दर्भमा पनि मुलुकका अधिकांश सरकारी निकायमा एकातिर राष्ट्रपतिको र अर्कातिर प्रधानमन्त्रीको फोटो झुण्ड्याउने गरिएको छ ।

“सातै प्रदेश,७७ वटै जिल्ला,७ सय ५३ वटा पालिकामध्ये जसले वैद्यलाई प्रमुख सल्लाहकार पदमा नियुक्त गर्छ,त्यहाँ हातले बनाइएको वैद्यको फोटो राख्ने निर्णय गर्नुपर्ने व्यवस्था उक्त फाउण्डेशनले गरेको हो ।”

यसैक्रममा मुलुकका केही स्थानीय तहमा अर्का एक जनाको पनि फोटो झुण्ड्याउन थालिएको छ । जेभी फाउण्डेशनका जगदीश वैद्यको फोटो अहिले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाउँपालिकामा सगर्व झुण्डाइएको छ ।

सातै प्रदेश,७७ वटै जिल्ला,७ सय ५३ वटा पालिकामध्ये जसले वैद्यलाई प्रमुख सल्लाहकार पदमा नियुक्त गर्छ, त्यहाँ हातले बनाइएको वैद्यको फोटो राख्ने निर्णय गर्नुपर्ने व्यवस्था उक्त फाउण्डेशनले गरेको हो । अहिले काभ्रेको तेमाल गाउँपालिकामा उनै वैद्यको फोटो झुण्डाइएको छ ।

भित्तोमा झुण्डाइएको फोटोमा लेखिएको छ, ‘विशिष्ट श्रेणीको राष्ट्रिय समाजसेवी प्रा.डा.जगदीश वैद्य,प्रमुख सल्लाहकार, तेमाल गाउँपालिका,काभ्रे,बागमती प्रदेश ।’

वैद्य कुन खाले विशिष्ट समाजसेवी हुन् प्रष्ट छैन ।

टिप्पणीहरू